दफा ६८
निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्ने
(१) नेपाल सरकारले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमावलीको अधीनमा रही उद्योग प्रशासन सम्बन्धी काम कारबाहीलाई सहज र सरल बनाउन देहायका विषयमा आवश्यकता अनुसार निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्नेछः-

(क) उद्योग दर्ता तथा नियमन,

(ख) स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न,

(ग) उद्योगलाई उपलब्ध गराइने प्रोत्साहन, छुट, सुविधा वा सहुलियत,

(घ) रुग्ण उद्योग सम्बन्धी,

(ङ) औद्योगिक क्षेत्र, औद्योगिक करिडोर, औद्योगिक क्लष्टर र औद्योगिक ग्राम सम्बन्धमा,

(ङ१) स्टार्टअप उच्चम दर्ता तथा नियमन सम्बन्धी,

(ङ२) उच्चम सम्बर्द्धन: केन्द्र (बिजनेश इन्कुवेसन सेन्टर) स्थापना, सञ्चालन तथा नियमन सम्बन्धी। (च) कोषको सञ्चालन र व्यवस्थापन,

(छ) सेवा प्रवाहमा विद्युतीय माध्यमको प्रयोग,

(ज) लगानी स्वीकृतिको स्वचालित प्रक्रिया,

(झ) नेपाल व्यवसाय मञ्चको कार्य सञ्चालन,

(ज) एकल बिन्दु सेवा केन्द्र सञ्चालन सम्बन्धी,

(ट) व्यावसायिक सामाजिक जिम्मेवारी सम्बन्धी ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयले विद्युतीय सेवा प्रवाहको प्रक्रिया समेतको सम्बन्धमा आवश्यक कार्यसञ्चालन कार्यविधि (स्टाण्डर्ड अपरेटिङ्ग प्रोसिड्योर) बनाई लागू गर्न सक्नेछ।